समाचार

कोलम्बिया कोपा अमेरिकाको फाइनलमा



काठमाडौँ, २७ असार । कोपा–अमेरिका फुटबलमा कोलम्बिया  फाइनल प्रवेश गरेको छ ।  प्रतियोगिताको ४८औँ संस्करणमा  आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियाले १–० गोलअन्तरले उरुग्वेलाई हराएको हो । 

कोलम्बियाको जितमा जेफरसन लेर्माले ३९ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । अव उपाधिको लागि कोम्बियाले अर्जेन्टिनाको सामना गर्नेछ ।