समाचार

सांसद दुर्लभ थापा मातृशोकमा



भक्तपुर,२७ असार । नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति एवं भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापालाई मातृशोक परेको छ ।

उनकी ममतामयी माता अम्बिका थापाको बिहीवार बिहान निधन भएको हो । ८० वर्षीया अम्बिका स्वासप्रश्वास सम्बन्धी रोगबाट ग्रसित थिइन । मध्यपुर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको जनाइएको छ ।दिवंगत अम्बिकाका ३ छोरा र १ छोरी छन् ।