काठमाडौँ, ३ साउन । टोखा नगरपालिकामा नगर प्रमुख प्रकाश अधिकारी र प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सीबीच कार्यसम्पादन करार सम्झौता सम्पन्न भएको छ । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसीले शाखा प्रमुख र आफु मातहातका कार्मचारीहरुसँग कार्यसम्पादन करार सम्झौता भएको थियो भने शाखा प्रमुखहरुले आआफ्नो मातहाका कर्मचारीहरुसँग करार सम्झौता भएको हो ।
नगरपालिकाको सभाहलमा मंगलबार कार्यसम्पादन सम्झौता सम्पन्न भएको हो । कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारीले कार्यसम्पादन सम्झौता गर्न सेवा प्रवाह र सुशासन कायम गर्न महत्वूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले कर्मचारीहरुले करार सम्झौतामा उल्लेखित शर्तहरु अक्षरस पाल्ना गर्दै नगर विकासमा लाग्ने विश्वास लिएको बताउनुभयो ।
विभिन्न आयामबाट समुन्नत र सम्पन्न नगर बनाउने योजनाका साथ अगाडि बढिरहेको टोखा नगरपालिकामा कार्यसम्पादन करार सम्झौता सम्पन्न भएको हो । टोखा नगरपालिका नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतबीचको कार्यसम्पदान करार सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ तथा नियमावली २०६५; स्थानीय सरकार संचालन ऐन २०७४; सार्वजनिक पदाधिकारीको कार्यसम्पादन करार निर्देशिका, २०७९ तथा संघीय र प्रदेश सरकारद्वारा विभिन्न समयमा जारी निर्देशनहरुको अधिनमा रही कार्य सम्पादन गर्ने गरी नगर प्रमुख प्रकाश अधिकारीसंग प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी.ले कार्यसम्पादन सम्झौता गरेको हो ।
सेवाग्राहीहरुलाई मुस्कानसहितको चुस्त र छिट्टो छरितो सेवा दिन आग्रह गर्दै उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृत गरिने बताउनुभयो । साथै उनले कार्यालय समयमा कोहि पनि कर्मचारी आफ्नो कार्यालयमा नरहेको भेटिए वा पाइएमा कडा कार्वाही गरिने चेतावनी दिदै त्यसको निगरानी तथा उचित नीति बनाउन नगरपालिकाको सुशासन तथा संस्थागत विकास समितिलाई निर्देशन दिनुभएको थियो । कार्यक्रममा नगर उपप्रमुख मुरारी तामाङले दुई वर्षपछि बल्ल सबै कर्मचारीहरुसँग प्रत्यक्षरुपमा भेटघाट हुन पाएको भन्दै नगरले निर्धारण गरेकै लक्ष्य तथा कार्यक्रमहरु सफल पार्न आआफ्नो तर्फबाट जिम्मेवार भएर लाग्न आग्रह गर्नुुभयो ।
कार्यक्रमको औचित्यमाथि प्रस्ट पार्दै प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसीले सुशासन, कर्मचारीहरुलाई संस्थागत जिम्मेवारीको बोध गराउन, सहि रुपमा कार्य सम्पादन गर्न सेवाग्राहीलाई चुस्त झन्झट रहित सेवा प्रवाह गर्न कार्यसम्पादन करार सम्झौता प्रभावकारी रहेको जानकारी दिनुभयो । कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, शेर बहादुर बि.सी, वडाअध्यक्ष, सामुदायीक विद्यालयका प्राचार्य, नगर सभा तथा कार्यपालिका सदस्य, कर्मचारीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्