समाचार

कोकिनसहित दुई विदेशी नागरिक पक्राउ



काठमाडौँ, ३ साउन ।  एक किलो १०० ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले भारतीय नागरिक २३ वर्षका फहिमुद्दिन नासिमुद्दिन अन्सारी र नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुकवा सिरिल ओबोडोइफुलालाई पक्राउ गरेको हो ।

उनीहरूलाई ठमेल र पिंगलास्थानबाट १ साउनमा पक्राउ गरेको हो । इन्डिगो एअरलाइन्ससबाट मुम्बई हुँदै काठमाडौँ आएका भारतीय नाकगरिक अन्सारीलाई ठमेलको एक होटलबाट कोकिनसहित ब्युरोले पक्राउ गरेको थियो ।