काठमाडौँ, ३ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक साउन २३ गते बस्ने भएको छ ।
बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शीर्ष नेताबिच भएको छलफलमा साउन २३ गते केन्द्रीय समिति बैठक बोलाउने सहमति भएको हो । केन्द्रीय समिति बैठकमा गत फागुनमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका सांगठनिक कार्यक्रम मूल एजेन्डा बन्ने छ ।
केन्द्रीय समिति बैठकले महासमिति बैठकबाट पारित नीति, सांगठनिक र समसामयिक राजनीतिक प्रतिवेदन परिमार्जन गरी अनुमोदन गर्ने छ । पार्टीका भ्रातृ संस्थालाई महाधिवेशन उन्मुख गराउने र वडा तहसम्म पार्टीको कार्यक्रम लैजाने तयारी भइरहेको महामन्त्री गगन थापाले बताए ।
प्रतिक्रिया दिनुहोस्