काठमाडौँ, ३ साउन । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी वितरण वर्षभरी नै व्यवस्था मिलाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।
बिहीबार आयोजना कार्यान्वयन निर्देशनालयको काठमाडौँ उपत्यका खानेपानी तथा सरसफाइ आयोजना, मेलम्ची उप-आयोजना-२ को ब्रिफिङ सुनिसकेपछि उनले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विषयमा आएका गुनासोको जानकारी लिएर आफू गम्भीर रहेको बताउँदै कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे ।
मन्त्री यादवले मेलम्ची आयोजनालाई सफल पार्दै काठमाडौँ उपत्यकाका बासिन्दालाई १२ महिना खानेपानी पुर्याउने लक्ष्य अनुसार सबै मिलेर काम गर्दा मात्र यो सम्भव हुने विश्वास समेत व्यक्त गरे ।
उनले भने, ‘हामीले काम मार्फत मेलम्ची खानेपानी आयोजना सम्बन्धी सृजित गलत भाष्यलाई चिर्नु पर्छ र जनतालाई मेलम्चीको पानी १२ महिना कसरी पुर्याउन सकिन्छ त्यसतर्फ दिन रात नभनी काम गर्नुपर्छ । यसको लागि म प्रतिबद्ध छु, के गर्नु पर्छ म गर्छु । म पार्टीभन्दा जनताको मन्त्री हुँ, मेरो पहिलो प्राथमिकता जनताको समस्या समाधान गर्नु हो । मेलम्चीको मुहान सार्ने काम र वर्षभरि काठमाडौँका बासिन्दालाई खानेपानी पुर्याएर देखाउनु पर्छ ।’
प्रतिक्रिया दिनुहोस्