काठमाडौँ, ७ साउन । देशभर मनसुनी वायुको प्रभावसँगै काठमाडौँ उपत्यकामा सोमबार वर्षा भइरहेको छ ।
वर्षाले काठमाडौँका नदीहरूको जलसतह बढ्दो क्रममा रहेको छ । बाढी पूर्वानुमान महाशाखाले बिहान जारी गरेको सूचना अनुसार काठमाडौँको सुन्दरीजल, कपन र आसपास भारी वर्षा भएको छ ।
यसले गर्दा बागमती गौरीघाट, विष्णुमती, धोविखोला लगायतमा जलसतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेको छ । नदी तटीय क्षेत्रमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ८ बजेसम्म उच्च सतर्कता अपनाउन भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्