राजनीति

सरकारलाई असफल हुने कुनै छुट छैन : प्रमुख सचेतक बर्तौला



काठमाडौँ, ७ साउन । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान सरकार सहज र सफल ढङ्गबाट अगाडि बढ्ने बताएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार सफल ढङ्गबाट अगाडि बढ्ने सिङ्गो देशको अपेक्षा रहेको कारण सरकारलाई असफल हुने कुनै छुट नरहेको पनि बताए । 

उनले भने, ‘म शुभकामना दिन चाहन्छु र यो सरकारलाई असफल हुने कुनै छुट छैन । त्यसकारण सफल ढङ्गबाट अगाडि बढ्ने छ भनेर सिङ्गो देश बासिले अपेक्षा राखेका छन् ।’ 

उनले यात्राका क्रममा चुनौतीका धेरै ठुला अग्ला अग्ला पहाडहरू भए पनि सक्षम, दूरदर्शी र दृढ पाइलाको कारणले सरकार सहज ढङ्गले अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘चुनौतीका धेरै ठुला अग्ला अग्ला पहाडहरू छन् । यात्राका क्रममा विभिन्न बाधाहरू आउन सक्छन् । तर सक्षम, दूरदर्शी र दृढ पाइलाको कारणले गर्दा सरकार सहज ढङ्गले अगाडि बढ्ने छ । सफल ढङ्गबाट यो अगाडि बढ्छ ।’