राजनीति

एमालेले टुङ्ग्यायो बागमती प्रदेशका ६ मन्त्री



काठमाडौँ, ८ साउन । एमाले बागमती प्रदेशका ६ जना मन्त्रीहरू टुङ्ग्याएको छ ।

एमाले प्रदेशमा पाएको ६ मन्त्रालयको भागमा भक्तपुरबाट किरण थापा, काठमाडौँबाट प्रकाश श्रेष्ठ, ललितपुरबाट प्रेम भक्त महर्जन, सिन्धुलीबाट सुकमाया तामाङ, चितवनबाट कृष्ण प्रसाद सिलवाल र काठमाडौँबाटै अमन कुमार मास्केको नाम टुङ्ग्याएको हो । उनीहरूको मन्त्रालय भने टुङ्ग्याइएको छैन ।

एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय लिनेछ । कांग्रेस र एमालेबिच युवा तथा खेलकुद मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमध्ये कसले कुन लिने भन्ने विषयमा सहमति हुन बाँकी रहेको छ ।