काठमाडौँ, ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ बजेर ५३ मिनेटदेखि सञ्चालनमा आएको छ ।
आज बिहान ११ बजे तिर काठमाडौँबाट पोखरा उड्न लागेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै दुर्घटना भएपछि उडान तथा अवतरण प्रभावित बनेको थियो ।
दुर्घटना भएको झण्डै दुई घन्टापछि सञ्चालनमा आएको विमानस्थलले जनाएको छ । सौर्य एयरलाइन्सको ९–एनए एमई विमान दुर्घटनामा मृत्यु भएका १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।
विमानका क्याप्टेन मनिषरत्न शाक्यलाई उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको छ । शाक्यको आँखामा चोट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्