काठमाडौँ, ९ साउन । विमान दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली केहीबेरमा विमानस्थल पुगेका छन् ।
आज त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सकाे जहाज दुर्घटनामा परेको छ । सोही विमान दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री ओली विमानस्थल पुगेका हुन् ।
प्रधानमन्त्री ओलीले आफु विमानस्थलमा पुगेको सामाजिक संजाल मार्फत जानकारी दिदै भनेका छन्, “नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सकाे जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ। नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु। अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु “।
प्रतिक्रिया दिनुहोस्