काठमाण्डौ, ९ साउन । त्रिभुवन विमानस्थलमा सौर्य एयरको विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले रतिशचन्द्र लाल सुमनको नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको हो ।
समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ । मन्त्रिपरिषद बैठकले जहाज दुर्घटनाको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ ।
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान उडेलगत्तै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्