काठमाडौँ, ११ साउन । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले भारत काश्मीरको श्रीनगरमा पाँच महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरलाई उद्धार गरी नेपाल फर्काएर ल्याइएको छ ।
रोजगारीको प्रलोभनमा बेचबिखन गरी काश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरूलाई सो मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको हाे । मजदुरहरुको उद्धारबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन् । त्यसमा सिराहाका २१ जना र धनुषाका ७ जना मजदुर रहेका छन् । उनीहरूलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको छ ।
मानव बेचबिखन नियन्त्रण समितिले आजै सबैलाई घर–घर पठाउने छ । उद्धारका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको टोली सक्रिय थियो । प्रधानमन्त्री अोलीले उद्धार कार्यलाई सफल बनाएकोमा मन्त्रालयका सचिव दिनेश भट्टराई सहितको टोलीलाई धन्यवाद दिएका छन् ।
उनले भनेका छन्, ‘भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार !! रोजगारीको प्रलोभनमा बेचबिखन गरी कश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरुलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको छ। सिराहाका २१ जना र धनुषाका ७ जना मजदुरलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको छ। उद्धारका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको हाम्रो टोली सक्रिय थियो। मानव वेचविखन नियन्त्रण समितिले आजै सबैलाई घरघर पठाउने छ । उद्धार कार्यको सफलताका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई सहित टोलीलाई धन्यवाद !!’
प्रतिक्रिया दिनुहोस्