काठमाडौँ, १२ साउन । चलचित्र ‘नमेटिने घाउ’ मा अभिनय गरेका पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्नो भागको दृश्यको डबिङ गरेका छन् ।
शुक्रबार रेडियो नेपालको स्टुडियोमा उपस्थिति भएर नेपालले चलचित्रको आफूले अभिनय गरेको संवादको डबिङ गरेका हुन् ।
अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ मा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको समेत अभिनय रहेको हुँदा केहि दिनमा उनले पनि डबिङ गर्ने निर्देशक रमित ढुङ्गानाले जानकारी दिए ।
प्रदर्शनको तयारीमा रहेको चलचित्र “नमेटिने घाउ’’ एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । फिल्ममा शिवम् अधिकारीको कथा रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन् ।
प्रतिक्रिया दिनुहोस्