काठमाडौँ, १२ साउन । भोलि आइतवार काठमाडौँ उपत्यकाभित्रका सबै पालिका र पालिका मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ ।
कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका पालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
लामो समयदेखि मिर्गाैलाको समस्याबाट पीडित कीर्तिपुरका मेयर नकर्मीको उपचारको क्रममा अस्ति बेलुका निधन भएको हो ।
प्रतिक्रिया दिनुहोस्