राजनीति

मानव अधिकार संरक्षणको हक कागजमा मात्र सीमित भयो : महामन्त्री शर्मा



काठमाडौँ, १२ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधानको धारा धारामा मानव अधिकार संरक्षणको हक लेखिए पनि त्यो कागजमा मात्र सीमित भएको  बताएका छन् । 

शनिबार राजधानी काठमाडौँमा भएको मानव अधिकार संरक्षण सम्बन्धी कार्यक्रममा बोल्दै उनले मानव अधिकार र सम्पत्तिको हक लेखिएको भएपनि कार्यान्वयनमा नआएको बताएका हुन् ।  सबैखाले हकहरूको सार हाम्रो समाज भएको उल्लेख गर्दै उनले यहीँ समाजमा हरेक नागरिकले आत्मसम्मान पायो भनेमात्र मानव अधिकार संरक्षणको सबै विधा काम लाग्ने जिकिर गरे ।

उनले  भने,  ‘हामीले  संविधानको धारा धारामा मानव अधिकारको व्याख्या लेख्यौँ । सम्पत्तिको हक लेख्यौँ, समानताको हक लेख्यौँ, स्वास्थ्यको हक लेख्यौँ, यातना विरुद्धको हक लेख्यौँ, सूचनाको हक लेख्यौँ ।तर हकका कुरा लेखिए पनि गाउँ समाजमा एउटा मान्छेले बाच्नको लागी आत्मसम्मान पाइरहेको छैन । संविधानमा लेखिएका ती हकहरूले उसको कुनै मूल्य मान्यता राख्दैन भने त्यसको के काम ?’