काठमाडौँ, १३ साउन । गृहमन्त्री रमेश लेखकले कारागार र बाल सुधार गृहको सुधारमा तीनै तहका सरकारको समन्वय आवश्यक रहेको बताएका छन् ।
आज बिहान सङ्घीय संसद्को कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा गृहमन्त्री लेखकले बाल सुधार गृहमा पनि ठाउँको अभाव रहेको उल्लेख गरे ।
उनले भने, “अत्यधिक सङ्ख्यामा कैदीबन्दी रहेको समस्या देशभरिकै छ । भौतिक संरचनाको राम्रो विषय उठाउनु भएको छ, ” “ भौतिक संरचनामा सुधार गर्न आवश्यक छ ।”
८ वटा जिल्लामा ९ वटा बाल सुधार रहेको उल्लेख गर्दै उनले यसको सुधार गरेर सबै सञ्चालन गर्नुपर्ने बताए । उनले भने, “कैदीबन्दीको सीप विकास र आय आर्जनको कुरामा पनि सरकार गम्भीर छ ।” “ कारागारलाई सीप विकास केन्द्रका रूपमा विकास जरुरी छ ।”
केही न केही उद्यम गरे आय आर्जन पनि हुने र मानिस व्यस्त हुने अवस्था रहेको उनको उनले उल्लेख गरे । कैदीबन्दीको स्वास्थ्य बीमा र सीपको व्यवस्थाका साथै मनोपरामशर्म कार्यक्रम आवश्यक भएको गृहमन्त्री लेखकले बताए ।
प्रतिक्रिया दिनुहोस्