राजनीति

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक फेरि सर्‍यो



काठमाडौँ, १३ साउन । नेकपा (एकीकृत समाजवादी) ले १४ गते सोमबार बोलाएको केन्द्रीय कमिटीको बैठक सारेको छ । 

पार्टी अध्यक्ष माधवकुमार नेपाललाई केन्द्रीय कमिटी थप गर्न सकस भएपछि बैठक सारिएको हो । केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार १४ गतेको बैठक साउन  १६ गते बुधबारका लागि सारिएको हो ।   

तयारी अपुग भएपछि बैठक दुई दिन पर सारिएको खतिवडाले बताए । सो पार्टीले केन्द्रीय समितिलाई पूर्णता दिने तयारी गरेको छ । तर भागबण्डामा कुरा नमिल्दा बैठक सरेको छ ।