राजनीति

निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानले फिर्ता लिए नाम



काठमाडौँ, १४ साउन । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । 

संसदीय सुनुवाइ समिति सचिवालयका एक सदस्यले दिएको जानकारीअनुसार नाम फिर्ता लिएको निवेदन सोमबार प्रधानले सचिवालयमा दर्ता गराएका छन् । 

उनलाई आयुक्त सिफारिस गर्ने नगर्ने निर्णय गर्न सोमबार बिहान ११ः३० का लागि समिति बैठक बोलाइएको थियो । तर, बैठक नबसी साँझ ५ बजेसम्मका लागि स्थगित  गरिएको थियो । उनी आफैँले नाम फिर्ता लिउन भनेरै समिति बैठक सारिएको ती सदस्यले जानकारी दिए ।