राजनीति

बागमतीका मुख्यमन्त्री लामाले विश्वासको मत लिँदै



हेटौडा, १५ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज संसदबाट विश्वासको मत लिने छन् ।

साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका लामाले कांग्रेस एमालेको गठबन्धनबाट सरकारको नेतृत्व गरेका हुन् । मुख्यमन्त्री नियुक्त भएका उनले ३० दिन भित्र सांसदबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था रहेको छ । दिउँसो ३ बजेका लागि आह्वान भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाको विश्वासको मत सम्बन्धी प्रस्ताव माथि छलफल सहित निर्णय हुनेछ ।

साउन १२ मा एक विना विभागीय मन्त्री सहित सरकारलाई पूर्णता दिएका मुख्यमन्त्री लामालाई एमालेका २७ र कांग्रेसका ३७ सांसद गरी ६४ जनाको समर्थन रहेको छ । पहिलो पटक कांग्रेसबाट सरकारको नेतृत्व लिएका उनले एमालेका ६ र कांग्रेसका ८ जनालाई मन्त्री नियुक्त गरेका छन् ।