काठमाडौँ, १५ साउन । ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार साँझ ९ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरूलाई काठमाडौँको चुनदेबीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बूढानीलकण्ठ नगरपालिका-५ बस्ने २१ वर्षीय करिब देउला, सिन्धुपाल्चोकका ४६ वर्षीय अशोक लामा, ताप्लेजुङ घर भएका ३८ वर्षीय नारायण लाबुङ, काठमाडौँ बसन्तपुरका २१ वर्षीय निलेश महर्जन, काठमाडौँकै ४५ वर्षीय राजेश श्रेष्ठ, बुढानिकण्ठकी ३३ वर्षीया सरिता देउला, काठमाडौँ डल्लुका ४८ वर्षीय दीपक महर्जन, काठमाडौँ कालिमाटीका ४८ वर्षीय विवेक महर्जन र काठमाडौँ डल्लुकै ५२ वर्षीय प्रकाश शाही छन् ।
काठमाडौँ महानगरपालिका-४ चुनदेवीस्थित यमकुमारी आलेको घरमा तासजुवा खेलेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुबाट १० लाख ११ हजार रुपैयाँ बरामद भएको छ । जुवा खेल्न प्रयोग भएको १३ वटा ओखर पनि बरामद गरिएको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्