काठमाडौँ, १६ साउन । सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ ।
जिल्लाको ढुंगे, बोल्दे, मानेखर्क, बान्सखर्क, धाप, गोब्रे, दुबाचौर, बाउनेपाटी तथा आसपासका वर्षामापन केन्द्रहरूमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।
थप वर्षा हुने सम्भावना रहेकोले उक्त जिल्ला भएर बहने नदीका तटीय क्षेत्रमा बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सिन्धुलीको कमला नदी, रानीबासस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । तटीय क्षेत्र तथा डुबान भइरहने भू–भागहरूमा रहनेहुनेहरूले उच्च सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्