काठमाडौँ, १६ साउन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबिच भेटवार्ता भएको छ ।
भण्डारी उद्योग मन्त्रीमा नियुक्त भएपछि राजदूत सोङले शुभकामना तथा बधाई दिन बुधवार मन्त्रालय पुगेका थिए । सोच भेटघाटमा दुई देशबिच व्यापार र लगानी सहकार्यलाई थप प्रवर्द्धन गर्न दुवै जना सहमत भएको राजदूत सोङले बताएका छन् ।
मन्त्री भण्डारीले आफ्नो मन्त्रालयमा स्थानीय उत्पादनलाई गरेको प्रयोगको राजदूत सोङले प्रशंसा गरेका छन् । उनले भनेका छन्, ‘मन्त्रीको पहलमा मेड इन नेपाल उपभोग गर्ने स्थानीय उत्पादन जस्ता सामग्री कार्यालयमा प्रयोग गर्नुभएको छ ।’
प्रतिक्रिया दिनुहोस्