अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १७ साउन । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १६ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४९ हजार ४ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला १८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।