समाचार

थप एक जनामा हैजा पुष्टि, सङ्क्रमित सङ्ख्या २३ पुग्यो



काठमाडौँ, १८ साउन । कैलालीका थप एक जनामा हैजा पुष्टि भएको छ ।

कैलालीमा पर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर १ का थप एक जनाका हैजा पुष्टि भएको हो । योसँगै देशभर २३ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

ईडीसीडीका अनुसार कैलालीमा मात्रै हैजाका बिरामीको सङ्ख्या ८ पुगेको छ । यस्तै, काठमाडौँको टोखाका १ जनामा हैजा देखिएको छ ।