राजनीति

कर्णालीका प्रदेश प्रमुख जोशीद्वारा पदभार ग्रहण



काठमाडौँ, १८ साउन । कर्णालीका नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीले पदभार ग्रहण गरेका छन् ।

बिहान ९ बजे काठमाडौँबाट सुर्खेत आएका उनी कर्णालीको चौथो प्रदेश प्रमुख हुन् । बझाङमा जन्मिएका जोशी अहिले कञ्चनपुर निवासी हुन् भने कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्र हुन् ।  उनलाई कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेत विमानस्थलमा स्वागत गरेका थिए ।