काठमाडौँ, १९ साउन । रोल्पामा घरसँगै पुरिएकी ७० वर्षीया बसुना सुनारको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार गएराति सुनछहरी गाउँपालिका-५ कामीडाँडामा देउसिंह कामीको घर पहिरोले पुरिँदा उनकी आमा बसुना र छोरी चार वर्षीया किमा सुनार बेपत्ता भएका थिए ।
खोजीका क्रममा शनिबार बिहान बसुना पुरिएको अवस्थामा मृत भेटिएको हो । बसुनाकी नातिनी ४ वर्षीया किमाको अवस्था भने अझै अज्ञात छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय पोवाङ र सुलिचौरबाट प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डमा प्रहरीको टोली खटाइएको छ ।
प्रतिक्रिया दिनुहोस्