काठमाडौँ, १९ साउन । प्रतिनिधिसभाको बैठक अब सोमबार हुने भएको छ ।
आइतबार दिउँसो १ बजेका लागि तय भएको बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेकाले बैठक सारिएको पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्