काठमाडौँ, २१ साउन । वैदेशिक रोजगारीमा नाममा एक वर्षमा साढे ७ हजारभन्दा बढी नेपाली ठगिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा सात हजार ७६३ व्यक्तिले ठगिएको भन्दै उजुरी हालेका छन् । ती मध्ये तीन हजार ८३७ उजुरी फर्छ्यौट भएका छन् ।
ठगीमा उजुरीमा ३० करोड ९३ लाख ८९ हजार ५१२ रुपैयाँ बराबरको क्षतिपूर्ति माग गरिएको छ । उद्धार, राहत तथा समन्वय शाखामा एक हजार ४४२ उजुरी परेका छन् । ती मध्ये १७३ जनाको उद्धार गरिएको छ । त्यस्तै दुई हजार ४४४ जनालाई क्षतिपूर्ति उपलब्ध गराइएको छ ।
त्यस्तै मुद्दा तथा अनुसन्धान शाखामा दुई हजार ९१६ उजुरी परेका छन् । ती मध्ये ४५५ उजुरीमा मिलापत्र गराइएको छ । भने ३९० मुद्दा अदालतमा पठाइएको छ ।त्यस्तै प्रहरी शाखामा सबैभन्दा बढी तीन हजार ४०५ उजुरी परेका छन् । ती मध्ये ८६ को मात्रै मिलापत्र गराइएको छ । भने प्रहरीकहाँ परेका उजुरीमध्ये दुई हजार २१७ उजुरी फर्छ्यौट भएका छन् ।
प्रतिक्रिया दिनुहोस्