राजनीति

आज मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौँ, २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी आज साँझ ५ बजेका लागि बैठक बोलाइएको छ । 

बैठकमा मन्त्रालयले सम्पादन गरिरहेका काम र काम गर्दै गर्दा आइपरेका समस्याबारे सम्बन्धित मन्त्रीले ब्रिफिङ गर्नेछन् ।