समाचार

विष्णुमती सतर्कता तह पार



काठमाडौँ, २२ साउन । काठमाडौँमा विष्णुमती नदीको जलसतह सतर्कता तह पार भएको छ ।

आज बिहान गोंगबु जलमापन केन्द्रमा विष्णुमती नदी सतर्कता तह पार भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदीमा पानीको बहाव बढ्दो क्रममा छ । आज दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।

“साउन २२, बिहान ९ः३० बजे । काठमाडौं जिल्लास्थित विष्णुमती नदीको गोंगबु जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्र आसपास बसोबास गर्ने र सो नदी किनार भई यात्रा गर्नेहरूले दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाइराखौँ,” महाशाखाको सूचनामा उल्लेख छ ।