काठमाडौँ, २२ साउन। सप्तरीको धान खेतमा एक जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार छिन्नमस्ता गाउँपालिका १ बरही वीरपुरनजिक राजविराज–कुनौली सडक छेउको धान खेतमा सिरहाको लहान नगरपालिकाका ४५ वर्षीय पवनकुमार कर्णको शव फेला परेको हो ।
उनी स्थानीय निरज भट्टामा मुन्सीको रुपमा कार्यरत थिए । इट्टाभट्टा बन्द रहेकाले तीन, चारजना कामदार मात्र त्यसमा बस्दै आएका छन् । घटनास्थलभन्दा सय मिटर पर उनले काम गर्ने इट्टाभट्टा रहेको छ । घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमको लागि सगरमाथा गजेन्द्रनारायाण हस्पिटलमा लगिएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्