समाचार

जलसतहको तह पार गर्र्दै हनुमन्ते खोलाः उच्च सतर्कता अपनाउन सूचित



भक्तपुर २२ साउन । पानी लगातार परेसंगै भक्तपुरको हनुमन्ते खोलामा सधै नै पानीको सतह बढ्ने गर्दै आएको छ । हिजो देखि परेको अविरल वर्षाका कारण हनुमन्ते खोले जलसतर्कता तह पार गरेको छ ।जल तथा मौसम बिज्ञानभिागका अनुसार आज बिहान १०ः३० बजेक गरिएको मापनमा भक्तपुर जिल्लाको हनुमन्ते खोला जगाती बाढी मापन केन्द्रमा हाल जलसतहले सतर्कता तह पार गरेको र बढदो क्रममा रहेको छ ।
बिभागले पानीको सहत बढदो क्रममा रहेको जनाउँदै हनुमन्त खोला नदी तटीय क्षेत्रमा रहेका सवैलाई आज बेलुका ५ बजेसम्म उच्च सतर्कता अपनाउन सूचित समेत गरेको छ ।