काठमाडौँ, २३ साउन । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म १६५ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोसीमा २५, मधेस प्रदेशमा छ, वाग्मतीमा ३०, गण्डकीमा ५०, लुम्बिनीमा ३३, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विपद्मा परी आजसम्म १९८ जना घाइते भएका छन् भने १५१ जना बेपत्ता भएका छन् ।
प्रतिक्रिया दिनुहोस्