काठमाडौँ, २३ साउन । स्थानीय युवाहरुको भौतिक आक्रमणपछि गम्भीर घाइते भएका रिम्के सार्कीको उपचारको क्रममा मृत्यु भएको छ ।
धादिङ्ग जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ अचनेटार स्थायी घर भएका सार्कीको काठमाडौँमा उपचारको क्रममा हिजो मृत्यु भएको छ । उनलाई सोहि वडामा बसोबास गर्ने केही युवाले गत ९ गते निर्घात कुटपिट गरेका थिए । कुटपिट गर्नुको कारण भने खुलेको छैन ।
कुटपिटपछि घाइते भएका सार्कीलाई उपचारको लागि काठमाडौँ ल्याइएको थियो । वीर अस्पतालमा उनको उपचारकै क्रममा मृत्यु भएको छ । पोसमाटमको रिपोर्ट भने आएको छैन । स्थानीयले एउटा गरिब दलितमाथि भएको जगन्य अपराधको सत्य तथ्य छानबिन गरी दोषीउपर कारवाहीको लागि सम्बन्धि पक्षको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्