समाचार

चोरी आरोपमा दुई जना पक्राउ



काठमाडौँ, २३ साउन । काठमाडौँको न्यूरोडबाट चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त मालिगाउँको टोलीले जनकपुर घर भएका ३८ वर्षीय दीपक खड्का र मकवानपुर घर भएका २७ वर्षीय निरज बिकलाई मंगलार पक्राउ गरेको हो ।

उनीहरुले सोमबार दिउँसो साढे ३ बजेतिर गुल्मीको रेसुङ्गा नगरपालिका–१० घर भइ काठमाडौँ –१ ज्ञानेश्वर भैरवमार्ग बस्ने राजु नेपालीको डेरा कोठाको ताला फुटाई गरगहना तथा नगद चोरी गरेको आरोप छ ।

उनीहरुबाट सुनका औठी ३ थान, सिक्रि १ थान, टप, ब्रासलेट, तिलहरी, पाउजुलगायतका गरगहना बरामद भएको प्रहरीले जनाएको छ । चोरी गर्दा लगाएको कपडा, जुत्ता पनि बरामद हुनुका साथै स्कुटर पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।