काठमाडौँ, २४ साउन । भारतसँगको विद्युत् व्यापार सम्झौताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले दायर गरेको रिट हेर्दाहेर्दैमा परेको छ ।
दश हजार मेगावाट विद्युत् भारतलाई बेच्ने गरी भएको विद्युत् व्यापार सम्झौतामा संवैधानिक प्रश्न उठाउँदै पूर्वप्रमुख आयुक्त उपाध्यायले ०८० साल फागुन २२ मा सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई विपक्षी बनाइएको छ ।
रिट बिहीबार सर्वोच्चका न्यायाधीशत्रय प्रकाशमान सिंह राउत, सपनाप्रधान मल्ल र महेश शर्मा पौडेलेको इजलासमा सुनुवाइ भएको थियो । इजलासले ०८० फागुन २९ देखि नै रिटलाई हेर्दाहेर्दैमा राखेको थियो । सामान्यतया कुनै पनि मुद्दा हेर्दाहेर्दैमा राखेपछि त्यही इजलासले टुंग्याउने न्यायिक अभ्यास छ ।
प्रतिक्रिया दिनुहोस्