समाचार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



काठमाडौँ, २४ साउन । प्युठानमा ७ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मल्लरानी गाउँपालिका-२ नाकेटाकुरा बस्ने १९ वर्षीय केशव घर्तीमगरलाई  प्रहरीले पक्राउ गरेको छ ।

केशवले ती बालिकालाई आफ्नै गोठमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ ।