काठमाडौ २५ साउन । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अहिले बसिरहेको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठकको एजेन्डा तय गर्नको लागि पदाधिकारी बैठक बसेको हो ।
बैठकपछि माओवादीको स्थायी कमिटी बैठक बस्ने तयारी छ।
स्थायी कमिटी बैठकमा माओवादीले सत्ताबाट बहिर्गमन पछि संसद् र सडकबाट विपक्षीको भूमिकालाई प्रभावकारी बनाउने रणनीतिमा तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्