काठमाडौँ, २५ साउन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पहिलो चार वर्षे कार्यकाल पूरा गरेर दोस्रो कार्यकालको पनि आज तीन वर्ष पूरा गरेका छन् ।
उनले सन् २०३५ सम्मको योजना अघि सार्दै भनेका छन्, “सन् २०२५ भित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादको लक्ष्यसहितको सरकारको कार्ययोजना पूरा गर्न प्राधिकरण क्रियाशील रहनेछ । सरकारको निर्देशन र उपभोक्ताको हित नेपाल विद्युत् प्राधिकरणका लागि सर्वोपरि हो ।”
प्राधिकरणले विगत ८ वर्षमा मात्र करिब एक खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सक्षम भएको बताएका छन् । उद्योगीसँग विगत पाँच वर्षदेखि देखिएको विवादका सम्बन्धमा घिसिङले सबै निकायबाट उद्योगी हारिसकेको बताउँदै बिल छुट दिन नसकिने बताए ।
“उद्योगी साथीहरुलाई छुट दिएका छौँ । नियम र हामीसँग भएको प्रमाणलाई राखेर छुट बिल जारी गरेका हौँ । छुट बिल जारी गरेपछि विभिन्न निकायमा छलफल पनि भएको छ,” उनले भने, “तपाईंहरुलाई पनि हामी एउटा बिल जारी गर्छौँ । त्यो अनुसार तपाईंहरु बिल भुक्तानी गर्नुहुन्छ ।”
उनले महिनैपिच्छे काटेको बिलको प्रमाण आफूहरुसँग रहेको बताउँदै भने, “हामीले थप शुल्क लिएका होइनौँ । उद्योगीलाई महिनैपिच्छे काटेको बिलको प्रमाण हामीसँग सुरक्षित छ । डेडिकेटेडको प्रिमियम शुल्क राखेर बिल काटेकोमात्रै हो । इनर्जी थप गरेर बिल काटेको होइन । कुनै उद्योगले एक हजार युनिट खपत गरेको छ भने त्यही नर्मल युनिटमा प्रिमियम मूल्य राखेका हौँ । इनर्जीमा केही चलाएका छैनौँ । हामीसँग सबै डाटा रहन्छ । त्यो प्रमाण हामीले सबै निकायमा पनि दिएका छौँ ।”
उनले सरकारसँग विवाद नभएको र सरकारको विरुद्धमा काम नगरेको बताए ।
उनले गरेको कामको विवरण:
प्रतिक्रिया दिनुहोस्