काठमाडौँ, २६ साउन । गृहमन्त्री रमेश लेखकले सबैभन्दा बढी कैदी बन्दी जबरजस्ती करणीका रहेको बताएका छन् । आज ‘टीआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धि: ऐन कार्यान्वयनमा द्वन्द्व पीडितहरूको सहभागिता’ विषयक अन्तरक्रियामा बोल्दै उनले बलात्कारका घटना बढेकाले यसको सजाय कम नहुने बताए ।
उनले भने, ‘कारागारमा सबैभन्दा बढी कैदी बन्दी जबरजस्ती करणीका छन् । रेप भनेको रेप नै हो । अरू अपराध भनेका कोही व्यक्ति विशेषका छन्, कोही समाज विरुद्धका अपराधहरू छन्, कोही राज्य विरुद्धका अपराध छन् तर बलात्कार भनेको त मानवता विरुद्धको अपराध हो । यी पीडाहरूलाई हामीले अलिकति अनुभव गरेर अगाडि बढ्न सक्यौँ भने बलात्कारलाई देशमा कम गर्न सक्छौँ ।’
प्रतिक्रिया दिनुहोस्