काठमाडौँ, २६ साउन । सडकमा जुधिरहेका छाडा चौपायाले कुल्चिँदा बुटवलमा एक महिलाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गुल्मीको रेसुङ्गा नगरपालिका–४ अर्खले घर भई हाल बुटवल गोलपार्क बस्दै आएकी ४५ वर्षीया सीता पाण्डेको सडकमा रहेका साँढे (छाडा चौपाया)ले कुल्चिँदा ज्यान गएको हो ।
सडकमा जुधिरहेका २ वटा साँढेले बाटो हिँडिरहेकी सीतालाई कुल्चिएको थियो । घटनापछि गम्भीर घाइते भएकी सिताको उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक उपचारकै क्रममा मृत्यु भएको हो ।
सीता बुटवल गोलपार्कमा सामान्य चिया पसल सञ्चालन गर्दै आएकी थिइन् । डेरीमा दुध लिन गएकी सितालाई सडकमा लडिरहेका साँढेले कुल्चिँएका थिए ।
प्रतिक्रिया दिनुहोस्