काठमाडौँ, २७ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आइतबारदेखि सुरू हुँदैछ ।
ललितपुरको सानागाउँस्थित थसी ब्यांक्वेटमा मध्याह्न १२ बजेदेखि बैठक सुरू हुनेछ । चार दिनसम्म चल्ने उक्त बैठकको पहिलो दिन केन्द्रीय सदस्यहरूको शपथग्रहण हुनेछ । त्यस्तै बैठकका कार्यसूचीहरू प्रस्तुत गरिनुका साथै पार्टीको राजनीतिक एवम् संगठनात्मक कार्यक्रम, कार्ययोजना तथा समसामयिक राजनीतिक प्रस्तावहरू प्रस्तुत हुनेछ।
बैठकको दोस्रो र तेस्रो दिन वर्तमान भू–राजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध, नेपालको वर्तमान राष्ट्रिय राजनीति सन्दर्भमा हाम्रो पार्टीको भूमिका, नेपालको सन्दर्भमा पहिचान र राष्ट्रिय/जातीय मूक्तिको सवाल, नेपालको सन्दर्भमा समाजवादसम्बन्धी अवधारणा, जनता समाजवादी पार्टी, नेपालको आदर्श, वैचारिक एवम् सैद्धान्तिक अवधारणा र संविधान संशोधनको आवश्यकता र अपरिहार्यता लगायत विषय-शीर्षकमा केन्द्रीय समिति सदस्यहरूलाई अभिमुखीकरण तथा प्रशिक्षण दिइने छ ।
त्यसैगरी पार्टीको राजनीतिक एवम् संगठनात्मक कार्यक्रम, कार्ययोजना तथा समसामयिक राजनीतिक प्रस्तावहरूमा छलफल गरी उक्त प्रस्तावमा निर्णय हुने र बैठकले बैठकले केन्द्रीय समितिका सदस्यहरूको कार्यविभाजन पनि गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस्