काठमाडौँ, २८ साउन । बालिका बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले सिराहाबाट एकजना युवकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बन्दीपुरको टोलीले लुकिछिपी बसेको अवस्थामा सिराहाको कर्जन्हा नगरपालिका–४ वडहरा घर भएका २२ वर्षीय सुशील सदालाई पक्राउ गरेको हो ।
भदौ १४ मा राति उनले १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्