राजनीति

भ्रष्टाचार निवारणसम्बन्धी कानुनमा हदम्यादको विपक्षमा उभिने रास्वपाको निर्णय



काठमाडौँ, २९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचार निवारणसम्बन्धी बनिरहेको कानुनमा हदम्याद राख्ने विषय स्वीकार्य नहुने  जनाएको छ । 

आज बसेको सो पार्टीको दलको बैठकले उक्त निष्कर्ष निकालेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

उनले भने, ‘त्यो कुनै हालतमा स्वीकार्य हुँदैन । भ्रष्टाचारको मुद्दामा कुनैपनि बेला मुद्दा चल्न सक्छ । विगतमा गरेका भ्रष्टाचारबाट उन्मुक्ति पाउने दलहरूको प्रयास देखिन्छ । यसमा रास्वपालाई स्वीकार्य छैन र यसबारेमा पनि सदनमा उठाउने छौँ’ । बैठकले प्रस्तावित जलन सम्बन्धी गैरसरकारी  विधेयक अघि बढाउने निर्णय पनि गरेको छ ।