राजनीति

उपनिर्वाचन हुनुपर्ने स्थानीय तहका ३४ पद (सूचीसहित)



काठमाडौँ, २९ साउन । निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न ३४ पदमा आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ । 

गत २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त रहेको प्रवक्ता रघुराम विष्टले जानकारी दिए । 

स्थानीय तह निर्वाचन ऐन, २०७३ मा रिक्त रहेका पदहरूको पदावधि एक वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा आयोगको परामर्शमा सरकारले मिति तोकी उपनिर्वाचनद्वारा रिक्त पदको पूर्ति गरिने व्यवस्था रहेको छ । सोहीअनुसार आयोगले उपनिर्वाचनको मिति प्रस्ताव गरेको हो । 

 उपनिर्वाचन हुनुपर्ने स्थानीय तहका ३४ पद