राजनीति

अरनिको राजमार्ग सुरक्षित बनाउन मन्त्री दाहालको निर्देशन



सिन्धुपाल्चोक, ३० साउन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अरनिको राजमार्गलाई जोखिम रहित र सुरक्षित बनाउन निर्देशन दिएका छन् ।

मंगलबार मन्त्रालयका अधिकारीहरूसहित सिन्धुपाल्चोकका विभिन्न स्थानको अनुगमनका लागि पुगेका मन्त्री दाहालले निर्माण कार्यमा भई रहेको ढिला सुस्ती हटाई निर्माणलाई तीव्र बनाउन निर्देशन दिए । कतिपय पुल निर्माणको कार्यमा ढिला सुस्ती देखिएको भन्दै अवरोध र समस्याको समाधान गरी नागरिकले सहजताको महसुस हुने गरी सडकलाई व्यवस्थित बनाउन उनले निर्देशन दिए ।

स्थानीय जनप्रतितिनिधीहरुले समेत बारम्बार सडक पहिरोले क्षति पुर्‍याउने भएकाले स्थानीय श्रोत साधनले मर्मत र सुरक्षा गर्न कठिन भएको भन्दै मन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए ।