Banner News

दुईदलीय शासन ल्याउन दिँदैनौँ : अध्यक्ष नेपाल 



काठमाडौँ, ३० साउन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा दुईदलीय शासन व्यवस्था ल्याउन नदिने चेतावनी दिएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा उनले दुईदलीय शासनको कुराले देशलाई नोक्सान पुर्‍याउने बताए । उनले दुई दलबीच रातारात सहमति किन भनि प्रश्न पनि गरे । नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा सोझो भएको समेत बताए । उनले बंगलादेशको घटनाले सचेत गराएको समेत बताए ।

“दुईदलीय शासन ल्याउन खोजिएको हो ? दुईदलीय शासन नेपालमा आउन सक्दैन । आउन हामी दिँदैनौँ । बहुदलीय व्यवस्था हामीले ल्याएका हौँ,” उनले भने, “अहिले एउटा घण्टी बजेको छ । बंगलादेशको घटनाले सबैलाई सचेत बनाएको छ । कुनै किसिमको तानाशाही नेपालमा चल्न सक्दैन । कुरा लोकतन्त्रको, व्यवहार प्रतिगमनको, अधिनायकवादको, दुईदलीय शासनको दिशामा जाने कुरा स्वीकार्य छैन ।”