काठमाडौँ, ३१ साउन । नेकपा माओवादी केन्द्रले प्रदेशस्तरमा केन्द्रीय परामर्श समितिकाे बैठक बोलाउने निर्णय गरेको छ ।
आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले प्रदेशस्तरमा संयुक्त केन्द्रीय परामर्श समितिकाे बैठक बोलाउने निर्णय गरेको हो ।
सचिव दीनानाथ शर्माका अनुसार प्रत्येक प्रदेशस्तरमा अध्यक्ष, उपाध्यक्ष लगात पदाधिकारी जानेछन् । कुन प्रदेशमा कहिले बैठक राख्ने भनेर कार्यतालिका बन्दैछ । प्रदेश बैठकमा अध्यक्ष, उपाध्य, महासचिव लगायत नेताहरू सहभागी हुनेछन् ।
प्रदेशस्तरमा भएको छलफल, सुझावका आधारमा पूर्ण केन्द्रीय समिति बैठक बोलाउने निर्णय भएको हो । आजको बैठकमा अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको वैचारिक र राजनीतिक मतभेदलाई अन्त्य गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता जनाएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्