राजनीति

सय जना कामदार पठाउन नसक्ने मेनपावर व्यवसायीको नवीकरण गर्ने सरकारको निर्णय



काठमाडौँ, ३१ साउन । सरकारले लगातार दुई वर्षसम्म वार्षिक १ सय जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने मेनपावर व्यवसायीको नवीकरण गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाधा अड्काउ फुकाउ मार्फत उनीहरूको नवीकरण गर्ने निर्णय गरेको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले अवस्था हेरेर उनीहरूको नवीकरण गर्ने निर्णय गरेको बताए। संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा बोल्दै उनीहरूको नवीकरण गर्ने निर्णय गरेको बताए । यसअघि गत वर्ष अन्तिम पटकको लागि भनेर बाधा अड्काउ मार्फत नै नवीकरण गर्ने निर्णय गरेको थियो ।